‘बराबरी खेल्ने नेपालको सोच छैन’

चैत्र १२, २०८१

हिमेश

”Nepal does not think of playing on a par”

काठमाडौँ — सिंगापुरमाथिको जितपछि अब गम्भीर फुटबलको पालो । नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार एसिया कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्दै छ । अहिलेका लागि सिंगापुरको फुटबलमा जताततै आलोचना चलिरहेको छ । त्यसको एकमात्र कारण हो, नेपालसँगको हार । यत्तिको महत्त्वको खेल जितेपछि नेपाली टिम पक्कै उत्साही भएको हुनुपर्छ । तय छ, मलेसियाले पेस गर्ने चुनौती सिंगापुरको तुलनामा फरक हुनेछ । त्यो पनि आफ्नै भूमिमा ।

काठमाडौं छाड्नु अगाडि दोस्रो पटक मिडियासामु प्रस्तुत हुने क्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रस भन्थे, टिमको उद्देश्य एसिया कप छनोटमा सक्दो नजिक पुग्ने हो । तिनै प्रशिक्षकले पहिलो पटक मिडियासामु आउँदा भन्थे, चाहिएकोमा रक्षात्मक फुटबल खेल्नुपर्नेछ, यदि परिस्थितिले माग्छ भने । मलेसियाविरुद्धको खेलमा सम्भवतः प्रशिक्षक रसको रणनीति यिनै दुई धारको मिश्रण हुनुपर्नेछ । तर अहिले उनी अलिकति बढी उत्साहित छन् ।

मलेसियाविरुद्धको खेलअघि जोहोरमा भएको प्रि–म्याच कन्फ्रेन्समा तिनै रस भन्छन्, मलेसियाविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्नेछ । एउटा तथ्य निश्चित छ, छनोटको आ–आफ्नो पहिलो खेलको नतिजा आफूअनुकूल बनाउनुको अर्थ हो र त्यसपछिको बाटो सजिलो बनाउनु ।

रस भन्छन्, ‘मलेसिया बलियो टिम हो, बराबरीमा पनि सन्तुष्ट हुन सकिन्छ । तर, हामी तीन अंककै लागि खेल्नेछौं । हाम्रो योजना जित्नकै लागि हो । त्यसैअनुसार तयारी गरेका छौं ।’

अझ उनी एक कदम अघि सरेर दाबी गर्छन्, ‘बराबरी खेल्ने त सोच पनि छैन ।’ सुरुमा मलेसियाविरुद्ध नेपालको यो खेल दशरथ रंगशालामा हुने कार्यक्रम थियो । पछि दशरथ रंगशालाको स्थितिसँग एसियाली फुटबल महासंघ (एएफसी) सन्तुष्ट हुन नसकेपछि मलेसिया सरेको हो । त्यसको झन् पछि अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुरोधमा यो मलेसियाकै ‘होम म्याच’ हुनेछ । मलेसियाको दोस्रो पटक सामना गर्दा नेपालसामु त्यसलाई घरको खेल बनाउने अवसर हुनेछ ।

यसैमा टिकेर कप्तान किरण लिम्बूले प्रि–म्याच कन्फ्रेन्समा छन्, ‘यहाँ पनि नेपाली टिमको समर्थकमा दर्शक उत्रने छन् । मलाई लाग्छ, नेपाली समर्थकको कमी हुने छैन । घरेलु मैदान नभए पनि फरक पर्ने छैन । हामी रमाएर खेल्नेछौं । कसको बढी दर्शक हुने हो, त्यसले फरक पार्ने छैन ।’ भइदियो के भन्दा सिंगापुरविरुद्ध सिंगापुरमै भएको खेलमा पनि नेपाली समर्थक बाक्लो संख्यामा उपस्थित थिए । यसले नेपाली टिमलाई धेरै हदसम्म स्थिति आफूअनुकूल बनाएको थियो ।

मलेसियाका मुख्य प्रशिक्षक हुन्, पिटर क्लामोभ्स्की । संयोग कस्तो भने उनी पनि अस्ट्रेलियाली नै हुन् । जस्तो कि रस छन् । अहिले टोटनहमका प्रशिक्षक एन्गे पोस्टेकोग्लु अस्ट्रेलियाली टिमको जिम्मेवारीमा हुँदा क्लामोभ्स्की उनका सहायक थिए । नेपालको खेललाई लिएर उनी भन्छन्, ‘हामी नेपालको सामना गर्दा उत्साही छौं । त्यसका लागि तयारी गरेका छौं । नेपालले सिंगापुरलाई हराएको छ, त्यसैले नेपाललाई सजिलो प्रतिद्वन्द्वी मान्न सकिन्न ।’

इतिहास पल्टाउने हो भने नेपालले औपचारिक खेलमा मलेसियाको पाँचपल्ट सामना गरेको छ । त्यसमध्ये नेपालले एकै खेलमात्र बराबरी खेलेको छ, बाँकी सबैमा पराजित छ । सन् १९८५ मा विश्वकप छनोटमा मलेसियालाई काठमाडौंमा गोलरहित बराबरीमा रोकेयता नेपाल त्यसपछिका सबै ४ खेलमा पराजित छ । अझ मलेसियाविरुद्ध नेपालले एकै गोल गर्न सकेको छैन ।

मर्डेका कपमा नेपालले दुईपल्ट मलेसियाविरुद्ध खेलेको छ । यी दुई अनौपचारिक खेलमा पनि नेपाल पराजित रह्यो । नेपालले अन्तिम पटक मलेसियाविरुद्ध खेलेको भनेको सन् सन् २०२४ मै मात्र हो, जतिबेला क्वालालम्पुरमा एउटा मैत्रीपूर्ण खेल भएको थियो र विना दर्शक बन्द रंगशालामा भएको थियो । त्यसमा पनि नेपाल ५–१ ले पराजित रह्यो । नेपालले निकालेको एकमात्र गोल समीर तामाङको नाममा थियो । सिंगापुरलाई हराउनु अगाडि पनि त्यसविरुद्ध नेपालको स्थिति कमजोर नै थियो । के मलेसियाविरुद्ध पनि नेपालबाट सुधारिएको प्रदर्शन अपेक्षा गर्न सकिन्छ त ?

हिमेश

Link copied successfully