दाङ — लेफ्ट आर्म पेस बलर रिजन ढकाल र स्पिनर सूर्य तामाङ चम्किएपछि लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकालेको छ ।
कर्णालीले दिएको ५९ रनको सामान्य लक्ष्य गण्डकी प्रदेशले ६ दशमलव ३ ओभरमा २६१ बल अगावै ९ विकेटको जित हासिल गर्यो ।
आशुतोष घिरैया २० बलमा ४ चौकासहित १९ रनमा र शुभ कंशाकारले ९ बलमा १ छक्का र २ चौकासहित १६ रनमा अविजित रहँदै जित दिलाए । ईशान पाण्डेले ११ बलमा १ छक्का र २ चौकासहित २२ रन जोडे । बलिङमा कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका खेलाडी रिजन ढकाल र सूर्य तामाङको बलमा लगातार पेभेलियन फर्किएपछि १९ दशमलव १ ओभरमा अलआउट हुँदै ५८ रनमा समेटिएको थियो ।
सुनिल धमलाले १५ रन जोड्नुबाहेक अरु खेलाडी सस्तैमा समेटिए । रवीन्द्र शाही ८ रन, विपीन शाही २ रन, राज शाह २ रन, दीपेन्द्र रावत ५ रन, अर्जुन घर्ती ५ रन, दिनेश रावत ५ रन, दिनेश अधिकारी ४ रन, प्रकाश जैशी ४ रनमा आउट भए ।
रिजन ढकालले ८ दशमलव १ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए ।
सूर्य तामाङले ७ ओभरमा २ मेडनसहित १७ रन दिएर ४ विकेट लिए । गण्डकीलाई सहज जित दिलाउने आधार तयार गरी ५ विकेट लिएका रिजन प्लेयर अफ द म्याच भए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा कर्णालीविरुद्ध सहज जित निकाल्दै बागती कुल ८ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । कर्णाली प्रदेश भने यो हारसँगै पाँचौं स्थानमा झरेको छ ।
