सुनसरी — नवौं संस्करणको हराइजन राष्ट्रिय बास्केटबल रनिङ कप शनिबार सुरु हुनेछ । धरानस्थित बास्केटबल कोर्टमा हुने प्रतियोगिता चैत १२ सम्म चल्ने आयोजक हराइजन बास्केटबल क्लबले शुक्रबार पत्रकार सम्मेलनमा बतायो ।
दुई पटकको च्याम्पियन त्रिभुवन आर्मी क्लब, विशाल मिलन केन्द्र काठमाडौं, हाउन्ड बास्केटबल काठमाडौं, मोरङ बास्केटबल संघ, झापा बास्केटबल संघ र आयोजक गरी ६ टोलीको सहभागिता रहनेछ ।
विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार जित्नेछ । उपविजेताले ७५ हजार पाउँदा सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उदीयमान खेलाडीले १० हजार पाउनेछन् । हरेक खेलका म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिने संयोजक वसन्त राईले जानकारी दिए । प्रतियोगिता धरान उपमहानगरको संयोजन र धरान–१७ को विशेष सहयोग हुन लागेको हो ।
