धर्मश्रीको प्रि-जजिङबाट खेलाडी छनोट

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

Player selection from pre-judging by Dharmashree

काठमाडौँ — १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको शुक्रबार प्रि–जजिङ राउन्ड भएको छ । प्रि–जजिङ राउन्ड छानिएका खेलाडीले शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । 

६० केजी तौलमा आयोजक नेपाल व्यायाम मन्दिरका सुरेन्द्रप्रसाद बर्मा, रत्नश्री जिम पोखराका सुजन थापा, उज्जल जिम भक्तपुरका नरेश दिवाकर, नर्भ द फिटनेसका सिद्धान्त जस रोटिया, मेटल फिटनेसका किशनदास दिवाकर र बी एन्ड एल फिटनेसका धर्मराज खापुङ अन्तिम चरणलाई छनोट भए । 

६५ केजीमा डेयर टु फिट जिमका अजय मलिक, व्यायाम मन्दिरबाट सुरेश मुनिकार, मिस्का फिटनेसका माधव सुवेदी, कलंकी जिमका मिलन राई, आयोजकका क्षितिज थापा र भूमि जिमका नवराज डुम्रे छनोट भए । ७० केजीमा आयोजकका अतिश वज्राचार्य र आशिष देवा, टोटल फिजिकलका कविराज कटुवाल, प्लाटिनमका दीपजंग रोका मगर, यूआर फिटनेसका उपेश सापकोटा र मसल्सका असिमबाबु गुरुङ छन् । 

७५ केजीमा व्यायाम मन्दिरका मनोज श्रेष्ठ, प्लाटिनियमका विनोद सुनार र सन्तोष श्रेष्ठ, सुपर फिटनेसका वृषमान गुरुङ, कोको फिटनेसका पुष्प शंकर र चितवन फिजिकलका मरिचमान लामा छन् । ८० केजीमा व्यायाम मन्दिरका आदित्य ठाकुर र सन्जीव श्रेष्ठ र फिटनेसका अनिश थापा, आइरन जिमका शिशिर थापा मगर, मत्स्यनारायण रिक्रियसनका विक्रम गोपाली र ग्यालेक्सी फिटनेसका ललित धिमाल छन् । ब्यायाम मन्दिरका ग्रेस महर्जन र सुवास श्रेष्ठ, गोर्खाली फिटनेसका उमेश राई, पावर फिजिकलका सागर श्रेष्ठ, किंग्स अफ फिटनेसका कुशलप्रसाद गुरुङ र इगल फिटनेसका रामशरण महर्जन ८० केजी माथिको तौलमा छनोट भए । 

प्रत्येक तौल समूहका विजेताबीच ओभरअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा हुनेछ । विजेताले ११ केजी तौलको ट्रफीसहित १२ लाख रुपैयाँ जित्नेछन् । दोस्रोले ६ लाख, तेस्रोले ३ लाख, चौथोले २ लाख, पाँचौंले १ लाख ८० हजार र छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।

महिला खुलातर्फ पाटन जिमकी रिपु घर्ती, कम्पिल्ट हेल्थकी शान्ता पालिखे, डिभाइन फिजिकलकी शिला ठकुरी र उर्मिला श्रेष्ठ, क्लब डिस्पिराडोकी तारा खाइजु र प्लाटिनियमकी सोफिया कार्कीले अन्तिम चरणमा स्थान बनाए ।

मास्टर्स खुलातर्फ व्यायाम मन्दिरका सुरज श्रेष्ठ, कृष्णसिंह शाही, किशोर शाही र राजकुमार राई तथा काठमाडौं जिमबाट राजकुमार शाही र फिटनेस फ्याक्ट्रीका खिमलाल पुन छनोट भए । पुरुष स्पोर्ट्स फिजिक १७० सेमिमुनि पावर फिजिकलका आकाश श्रेष्ठ, एनआरके फिटनेसका रोहित थापा, आर्मीका रमेश फोम्बो, एनवाईएफसीका निरल थापा, गोल्डस जिमका श्रीजन महर्जन र आइरन पाराडाइजका ज्ञानेश्वर चौधरी तथा १७० सेमिमाथि गोल्डसका रमन तुलाधर, मसल्सका औतार श्रेष्ठ, फिट टुका लक्ष्मीदत्त पन्त, एक्पोजका पुकार शाक्य, आयोजक मन्दिरका शिवकुमार सिंह र आरएनएफसीका नुरबहादुर कुँवरले अन्तिम चरणमा स्थान बनाए ।

मेन्स एथलेटिक्स फिजिक, महिला बडीबिल्डिङ विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउनेछन् । पछिल्लोपल्ट २०७९ सालमा भएको धर्मश्री विजेतामा उमेश राई रहेका थिए ।

कान्तिपुर

Link copied successfully