अन्नपूर्ण आरसीटीमा नयाँ नेतृत्व

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

New leadership in the Annapurna RCT

काठमाडौँ — अन्नपूर्ण आरसीटीले शनिबार राजेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सहिद स्मारक लिग ए डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसीटीको चुनावी साधारणसभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठ, सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश वैद्य निर्विरोध चिर्वाचित गरेको हो ।

यस्तै मतदान प्रक्रियाबाट छ सदस्य चुनिएका छन् । त्यसमा रविन महर्जन, चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर र रामचन्द्र श्रेष्ठ रहेका छन् । 

क्लब सदस्य १ सय ९६ रहेकोमा कुल १ सय ६० मत खसेको थियो । नवनिर्वाचित श्रेष्ठ अन्नपूर्ण आरसीटीका छैटौं अध्यक्ष रहेका छन् ।  

कान्तिपुर

Link copied successfully