आईओसीमा पहिलो महिला अध्यक्ष

चैत्र ८, २०८१

एएफपी

The first female president at the IOC

कोस्टा नाभारिनो — जिम्बावेकी क्रिस्टी कोभेन्ट्री बिहीबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को अध्यक्षमा निर्वाचित भएकी छन् । आईओसीको अध्यक्ष बन्ने उनी पहिलो महिला र अफ्रिकी महादेशकी पहिलो व्यक्ति हुन् । 

विश्व खेलकुदको शक्तिशाली पदमा पुग्ने उनी सबैभन्दा कान्छो व्यक्तित्व हुन् । ४१ वर्षीया उनले ओलम्पिकमा पौडीबाट दुई स्वर्ण जितेकी छिन् । सन् २००४ मा ग्रिसमा भएको ओलम्पिकमा कोभेन्ट्रीले २ स्वर्णसहित कुल ३ पदक जितेकी थिइन् । ग्रिसबाटै उनी बिहीबार आईओसी अध्यक्ष बनेकी हुन् । 

कोभेन्ट्रीले जुन २३ बाट जर्मनी थोमस वाचको स्थान लिने छन् । १२ वर्ष अध्यक्ष रहेका बाचको समर्थन पाएकी कोभेन्ट्रीले ६ शक्तिशाली व्यक्तिलाई पछाडि पार्दै चुनाव जितेकी हुन् । उनले खसेको ९७ मध्ये ४९ मत पाएकी थिइन् । आईओसीका भेट्रान हुँवा एन्टोनियो सामरान्च जुनियरले २८ र विश्व एथलेटिक्स संघका अध्यक्ष रहेका ब्रिटेनका सेवास्टियन कोले ८ मत पाएका थिए ।

एएफपी

Link copied successfully