काठमाडौँ — सहिद स्मारक लिग ‘बी’ डिभिजनमा सरस्वती लगातार दोस्रो खेल जित्ने तेस्रो टिम भएको छ । यसका लागि उसले सातदोबाटोमा बिहीबार भएको खेलमा नयाँ बस्तीलाई १–० ले हरायो ।
यस खेलसँगै लिगको दोस्रो चरणको खेल सकिएको छ । सरस्वतीसहित प्लानिङ ब्वाइज र श्री भगवतीले आफ्नो शतप्रतिशत प्रदर्शन कायम राखेका छन् र उनीहरूको समान ६ अंक रहेको छ ।
गोल अन्तरको आधारमा सरस्वतीको अगाडि प्लानिङ ब्वाइज र श्री भगवती रहेका छन् । सरस्वतिका लागि धीरेन्द्रबहादुर साहले ४४ औं मिनेटमा निर्णायक गोल गरे । नयाँ बस्ती भने एकै अंकमा सीमित रह्यो ।
