विश्वकपमा छनोट हुने जापान पहिलो

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Japan is the first to qualify for the World Cup

काठमाडौँ — विश्वकप २०२६ मा छनोट हुने पहिलो टिम जापान बनेको छ । साइतामामा बिहीबार भएको खेलमा बहराइनलाई २–० ले पराजित गर्दै  जापानले यो उपलब्धि चुमेको हो ।

उसका लागि क्रिस्टल प्यालेसका दाइची कामाडा र रियल सोसिडाडका ताकेफुसा कुबोले एक-एक गोल गरे । एसियाकप छनोटमा जापान आफ्ना तीन खेल बाँकी छँदै छनोट भएको छ।

आयोजक देशका रूपमा क्यानाडा, मेक्सिको र अमेरिकाले भने स्वतः विश्वकप खेल्नेछन् । एसियाबाट अबका विश्वकपमा आठ टिमले खेल्न पाउने छन् । प्रतियोतिामा कुल ४८ टिमको सहभागिता रहनेछ ।

कान्तिपुर

Link copied successfully