संकटा पराजित

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Sankata defeated

चितवन — राष्ट्रिय महिला फुटबल प्रतियोगितामा मंगलबार लिगको अन्तिम खेलमा संकटा फुटबल क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान बनाएको छ ।

भरतपुरस्थित कृष्णपुर खेल मैदानमा आर्मीले २–० को जित पायो । विजेताका हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । मध्यान्तरअघि आर्मर्लीाई रोकेको संकटाले दोस्रो हाफमा सम्हालिन सकेन । खेलको ५७ औं मिनेटमा हिमाले बक्स बाहिरबाट गोल गर्दै अग्रता दिलाइन् । 

अतिरिक्त समयको पहिलो मिनेटमा चन्द्राले गोल थपेकी हुन् । हिमा चौधरी प्लेयर अफ द म्याच भइन् । 

आर्मीले सेमिफाइनलमा बिहीबार रौतहटको सामाना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा भरतपुर २४ र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर

Link copied successfully