आरसीटीमाथि बाँसबारीको प्रभावशाली जित

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

Impressive win for Bansbari over RCT

काठमाडौँ — सहिद स्मारक लिग ‘बी’ डिभिजनमा बाँसबारीले बुधबार आरसीटीमाथि प्रभावशाली ४–२ को जित निकालेको छ । प्रतियोगितामा बाँसबारीको यो पहिलो जित हो र उसको तीन अंक भएको छ । आरसीटीको भने यो लगातार दोस्रो हार हो र टिम शून्य अंकमै रह्यो ।

बाँसबारीका लागि विकी राईले दुई गोल गरे । यस्तै सरोज दर्लामी र संगमचन्द्र ठकुरीले एक/एक गोल गरे । आरसीटीका तर्फबाट मंजिल खड्का र सुदीप लामाले एक/एक गोल फर्काए ।

बुधबारको अर्को खेलमा श्री टुसाल र ब्वाइज युनियनले गोलरहित बराबरी खेले । दुवै टिमको यो लगातार दोस्रो बराबरी हो र उनीहरू दुई/दुई अंकमा रहे । 

कान्तिपुर

Link copied successfully