विराटनगर — पाँचौं मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगेको छ ।
सोमबार पेमाले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले हरायो । विजेताका लागि हरि खवास र अनिल परियारले १–१ गोल गरे । खेलको ४९ औं मिनेटमा अनिल परियारको पासमा हरिले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको १९ मिनेटपछि अर्थात् ६८ औं मिनेटमा पुलिसका गोलरक्षक बाल्मिकी राईबाट रिबाउन्ड भएको बलमा अनिलले गोल गरे । अनिल प्लेयर अफ द म्याच भए ।
