सन्धिखर्कमा लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिता

चैत्र ५, २०८१

वीरेन्द्र केसी

Lumbini State Level Chief Minister Volleyball Tournament at Sandhikharka

अर्घाखाँची — सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ हुँदैछ ।

प्रतियोगितामा ११ जिल्लाका खेलाडी भाग लिनेछन् । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल, त्यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ । 

सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइनेछ । बिहान ८ बजेदेखि सुरु पहिलो चरणको खेल प्यूठान भर्सेस नवलपरासी हुनेछ । दोस्रो बर्दिया र रोल्पा, तेस्रो पाल्पा र दाङ, चौथो दिउँसो खेलको उदघाटनपछि अर्घाखाँची भर्सेस कपिलवस्तुबीच हुनेछ । 

प्रतियोगिताका लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

वीरेन्द्र केसी

Link copied successfully