दोस्रो जितपछि श्री भगवती दोस्रोमा

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

After the second win Sri Bhagwati in second

काठमाडौँ — श्री भगवतीले लगातार दोस्रो जित निकाल्दै सहिद स्मारक लिग ‘बी’ डिभिजनको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको मंगलबारको खेलमा उसले ब्रिगेड ब्वाइजलाई २–० ले हरायो ।

सुलेमान थापा मागर र दिपेश श्रेष्ठले एक/एक गोल गरे । यो जितपछि श्री भगवतीको २ खेलबाट ६ अंक भएको छ ।  ब्रिगेड ब्वाइज भने तीन अंकमा सीमित रह्यो । मंगलबारकै अर्को खेलमा मध्यपुरले झापालाई २–१ ले हरायो । यो जितपछि मध्यपुरको चार अंक भएको छ । लगातार दोस्रो हारले झापा शून्य अंकमा रह्यो ।

 पेमा तामाङको आत्मघाती गोलले मध्यपुर अगाडि रहेको थियो । त्यसपछि पुजन राईले झापाका लागि बराबरी गोल फर्काए । खेलको अन्त्यतिर सजिन थापा मगरले निर्णायक गोल गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully