प्लानिङ ब्वाइजको लगातार दोस्रो जित

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Planning Boys' second win in a row

काठमाडौँ — प्लानिङ ब्वाइजले सहिद स्मारक लिग ‘बी’ डिभिजनमा सोमबार लगातार दोस्रो जित निकालेको छ । उसले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासललाई सजिलै ४–० ले पराजित गर्‍यो ।

यससँगै प्लानिङ ब्वाइजको ६ अंक भएको छ र लिग तालिकाको शीर्षमा रह्यो । उसका लागि फागुराम थारुले दुई गोल गरे भने सुजन डंगोल र अभिनाष थापाले एक/एक गोल गरे । एकै अंकमा सीमित रह्यो ।

अंक तालिकाको दोस्रो स्थानमा उक्लिनका लागि वीरगञ्जले दोस्रो खेलमा श्री कुमारीलाई २–० ले हरायो । त्यसमा विपिन तुमसिं मगर र कृपाकान्त थारुले एक/एक गोल गरे । वीरगञ्जको चार अंक भएको छ । श्री कुमारी लगातार दोस्रो हारपछि शून्य अंकमै रह्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully