सात दशकयता न्युकासललाई पहिलो उपाधि

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Newcastle's first title in seven decades

काठमाडौँ — न्युकासल युनाइटेड सात दशक लामो उपाधिको खडेरीलाई तोड्दै आइतबार लिग कप जितेको छ । वेम्बलीमा भएको फाइनलमा उसले लिभरपुलमाथि २–१ को जित निकालेको हो । न्युकासलले यसअघि सन् १९६९ मा अन्तिम पटक उपाधि जितेको थियो ।

डन बर्न र एलेक्जान्डर इसाकले न्युकासलका लागि गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेट फेडरिको चिसाले लिभरपुलका लागि एक गोल फर्काए । न्युकासलले सन् १९६९ मा इन्टर सिटी फियर्सकप जितेको थियो ।

यस्तै, उसले सन् १९५५ यता पहिलो घरेलु कप जितेको छ । त्यति बेला उसले एफएकप हात पारेको थियो । यो सिजन लिभरपुलको कप उपाधि जित्ने सम्भावना समाप्त भएको छ । लिभरपुल युरोपेली च्याम्पियन्स लिग र एफएकपबाट पनि बाहिरिसकेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully