काठमाडौँ — सिंगापुर र मलेसियाविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय खेलका लागि मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्यीय पुरुष फुटबल टिमको घोषणा गरेका छन् । नेपालले शुक्रबार सिंगापुरविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।
यस्तै अर्को साताको मंगलबार मलेसियाविरुद्ध एसियाकप छनोट खेल्नेछ । घोषित टिमको गोलरक्षकमा किरण लिम्बू, दीप कार्की र एन्जेल श्रेष्ठ छन् । यस्तै रक्षापंक्तिमा अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रनदीप पौडेल, सुमिन श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ छन् ।
मध्यपंक्तिमा रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणी लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतिशरत्न छुन्जु र आयुष घलान छन् । यस्तै अग्रपंक्तिमा जिलेप्सीजंग कार्की, अञ्जन विष्ट, सुभाष ठकुरी बाम र रेजिन सुब्बा छन् ।
