काठमाडौँ — इन्टर मिलानले इटालीको सिरी ए को शीर्षमा आइतबार तीन अंकको अग्रता लिएको छ । यसका लागि उसले तेस्रो स्थानमा रहेको एटलान्टामाथि २–० को महत्त्वपूर्ण जित निकालेको हो ।
खेलको अन्त्यमा दुवै टिम दस दस खेलाडीमा सीमित रहे । एटलान्टाको घरेलु मैदानमा भएको खेलमा इन्टरका लागि कार्लोस अगुस्टो र लउटारो मार्टिनेजले गोल गरे । यसअघिको खेलमा नेपोली भेनेजियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यसले डिफेन्डिङ च्याम्पियन इन्टरलाई फाइदा पुगेको हो । लिग तालिकामा इन्टरको ६४ अंक भएको छ भने नेपोली ६१ अंकमै रोकियो । एटलान्टा भने ५८ अंकमै सीमित रह्यो ।
