काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार लेस्टर सिटीमाथि ३–० को सहज जित निकालेको छ । युनाइटेडका लागि रसमस होजलन्ड, एलेजान्ड्रो गारन्चो र ब्रुनो फर्नान्डेजले गोल गरे ।
हजलन्डले युनाइटेडका लागि आफ्नो २१ खेलको गोलविहीन यात्रामा पनि पूर्णविराम लगाए । यो जितपछि युनाइटेडको ३७ अंक भएको छ र १३ औं स्थानमा रह्यो । हारले लेस्टरमाथि भने रेलिगेसन दबाब अझ बढेको छ ।
लेस्टर १७ अंकमा १९ औं स्थानमा कायम रह्यो । यो लिग तालिकाको सुरक्षित स्थानबाट अझै नौ अंकको दूरी हो । इपस्विच टाउन, लेस्टर र साउथह्याम्पटन रेलिगेसन क्षेत्रमा संघर्षरत छन् ।
