रश्मिकुमारीको ह्याट्रिकमा एपीएफ विजयी

चैत्र ४, २०८१

रमेशकुमार पौडेल

APF wins on Rashmikumar's hat-trick

चितवन — एपीएफ क्लबले सर्लाहीको बागमती युथ क्लबलाई ९–० को फराकिलो गोलले पराजित गर्दै राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

भरतपुरस्थित कृष्णपुर मैदानमा सोमबार एपीएफकी रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । उनी नै प्लेयर अफ द म्याच बनिन् । उनले १० हजार रुपैयाँ पुरस्कार पाइन् ।

एपीएफका लागि थप गोलमा सरु लिम्बू र रेनुका नगरकोटेले २–२ गोल गरेका थिए भने गीता रानामगर र प्रतीक्षा चौधरीले १–१ गोल थपे । एपीएफले सेमिफाइनलमा भरतपुर–२४ को सामना गर्नेछ । मंगलबार त्रिभुवन आर्मी र संकटा क्लबबीच पहिलो चरणको अन्तिम खेल हुनेछ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully