रियलको जितमा एमबापेको दुई गोल

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Mbappe scored two goals in Real's victory

काठमाडौँ — केयलियन एमबापेको दुई गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार भिल्लारियललाई २–१ ले हराएको छ र फेरि लिग तालिकाको शीर्षमा उक्लेको छ । जुवान फोयटको गोलले भिल्लारियलले सुरुमै अग्रता लिएको थियो ।

त्यसपछि एमबापेले १७ र २३ औं मिनेटमा एक एक गोल गरे । यो जितपछि रियलको ६० अंक भएको छ र यो बार्सिलोनामाथि तीन अंकको अग्रता हो । तर बार्सिलोनाले रियलको तुलनामा दुई खेल कम खेलेको छ ।

शनिबारका अन्य खेलमा जिरोना र भ्यालेन्सियाले १–१ को बराबरी खेले । यस्तै रियल मार्लोकाले इस्पनयोललाई २–१ र सेल्टा भिगोले रियल भालाडोलिडलाई १–० ले हरायो । 

कान्तिपुर

Link copied successfully