काठमाडौँ — मिकेल मेरिनोले पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सीलाई १–० ले हराएको छ । लन्डन डर्बीमा प्राप्त जितपछि दोस्रोमा रहेको आर्सनलको २९ खेलबाट ५८ अंक भएको छ ।
यससँगै उसले शीर्षमा रहेको लिभरपुलसँगको दूरी १२ अंकमा छोट्याएको छ । लिभरपुलको समान खेलबाट ७० अंक छ । चेल्सी भने २९ खेलबाट ४९ अंकमा चौथो स्थानमा रह्यो । मेरिनोले २० औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
आइतबारकै अर्को लन्डन डर्बीमा फुलहमले टोटनहमलाई २–० ले पराजित गर्यो । त्यसमा रोड्रिगो मुनिजले ७८ र रायन सेसगननले ८८ औं मिनेटमा गोल गरे । यो जितपछि फुलहमको ४५ अंक भएको छ र टिम आठौं स्थानमा उक्लिन सफल रह्यो ।
फुलहम चेल्सीभन्दा ४ अंकले मात्र पछाडि रहेको छ । टोटनहम भने ३४ अंकमै सीमित रहेर १३ औं स्थानमा कायम रह्यो ।
