पाँचौँ मिल्स गोल्डकप : फ्युजन क्लब सेमिफाइनलमा 

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

5th Mills Gold Cup: Fusion Club in the semi-finals

विराटनगर — पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट सेमिफाइलनमा प्रवेश गरेको छ । उद्‍घाटन खेलमा आइतबार सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १-० गोलले पराजित गर्दै फयुजनले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सुरु  प्रतियोगितामा फ्युजनका युवराज थापाले निर्णायक गोल गरेका थिए । खेलको  ६८ औं मिनेटमा उनले रितेस तामाङको क्रसलाई लाई उत्कृष्ट रूपमा जाली चुमाएका थिए । 

पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन् । तर, दोस्रो हाफपछि भने सप्तरी रणनीति परिवर्तन गर्दै आक्रामक बन्यो ।  तर, गोलका लागि गरेका पटक-पटकका प्रयत्न खेर गए ।  ६२ औं मिनेटमा बिनु मगरले डिबक्स भित्रबाट कडा प्रहार गरे । तर, त्यो प्रहार बारको माथिबाट बाहिरियो । पुष्पराज चौधरीले गरेको अर्को प्रहार उदयपुरका गोलकीपर अनिल मगरले उत्कृष्ट बचाउ गरे । ७०औं मिनेटमा सप्तरीका कप्तान सुशिल कुमार यादवको प्रयास पनि गोलरक्षक  अनिलले निस्तेज तुल्याइदिए । 

5th Mills Gold Cup: Fusion Club in the semi-finalsप्रतियोगिताको प्लेयर अफ द म्याच उदयपुरका गोलकिपर अनिल मगर भए । उनले नगद २ हजार १ सय पुरस्कार पाए । विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गरेको प्रतियोगिताका विजेताले १ लाख १ हजार  तथा उपविजेताले ५१ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता छ । फाइनल आगामी चैत १० गते हुने छ ।  सोमबारको खेल पेमा स्पोर्टिङ क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुनेछ ।

कान्तिपुर

Link copied successfully