राष्ट्रिय महिला कबड्डी : विभागीय वर्चस्व

चैत्र २, २०८१

कान्तिपुर संवाददाता

National Women's Kabaddi: Divisional dominance

काठमाडौँ — २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा विभागीय टोलीहरूले वर्चस्व जमाइरहेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लब विजयी भएका छन् । सबैले समान दुई खेल जितेको थियो ।

आर्मीले कर्णाली प्रदेशलाई ५२–१५ ले र कोशी प्रदेशलाई ७३–१३ स्कोरले हराएको थियो । कर्णालीविरुद्ध नानुमाया पराजुली र कोशीविरुद्ध गंगा घिमिरे प्लेयर अफ द म्याच भएका थिए । पुलिसले कर्णालीलाई ३६–२२ ले पराजित गर्दा मानमति विष्ट प्लेयर अफ द म्याच भइन् । अर्को खेलमा गण्डकीमाथि ३६–१६ ले जित पाउँदा पनि मानमति नै प्लेयर अफ द म्याच भइन् ।

एपीएफले बागमतीविरुद्ध ३६–१६ ले जित पाउँदा रविना चौधरी प्लेयर अफ द म्याच बनिन् । आशिका कुँवर प्रेरित एपीएफले लुम्बिनी प्रदेशलाई ४३–१५ स्कोरले हरायो । सुदूरपश्चिमले पनि दुई खेल जित्यो । सुदूरले लुम्बिनीलाई ४३–३८ ले पराजित गर्दा सिर्जना धानुक प्लेयर अफ द म्याच भइन् । अर्को खेलमा सुदूरको जित मधेशविरुद्ध २४–१२ स्कोरले थियो । त्यसमा सुदूरकी मनीष जोशी प्लेयर अफ द म्याच भइन् ।

गण्डकीले भने कोशीलाई ३७–३३ स्कोरले हरायो । खेलमा रोशनी थारु प्लेयर अफ द म्याच भइन् ।

कान्तिपुर

Link copied successfully