सावादिन च्यालेन्ज कपको उपाधि मानाभारालाई

चैत्र १, २०८१

आनन्द गौतम

Savadin Challenge Cup title to Manavara

ताप्लेजुङ — सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लबले जितेको छ ।

फक्ताङलुङ गाउँपालिका–१ सावादिनमा आयोजित प्रतियोगिताको फाइनल खेलमा बिहीबार बिसीएस आयोजक बिसीएस युवा क्लबलाई २–१ गोलले पराजित गर्दै उपाधि चुमेको हो ।

विजेता मानाभराले १ लाख १ हजार र उपविजेता बिसीएसले ६० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेन सिं हाङगामले कप, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगिता फागुन २६ गतेदेखि सुरु भएर बिहीबार सकिएको हो । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully