एनएसएल चैत १६ देखि

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

NSL from Chait 16

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) २०२५ को शुक्रबार खेल तालिका जारी गरिएको छ । प्रतियोगिता चैत १६ देखि सुरु हुनेछ र  त्यसको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले पूर्व विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ ।

प्रतियोगितामा कुल सात टिमको सहभागिता रहनेछ र तिनीहरूले सुरुमा राउन्ड रोबिनको आधारमा खेल्नेछन् । वैशाख ४ मा लिग चरणको खेल सकिनेछ ।

त्यसपछि शीर्ष चारमा पर्ने टिमबीच प्ले अफ खेल हुनेछ । त्यसमध्ये वैशाख ६ मा पहिलो क्वालिफायर हुनेछ । फाइनल भने वैशाख १३ मा हुनेछ । सहभागी अन्य टिममा बुटवल लुम्बिनी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स, र धनगढी एफसी रहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully