विश्व पारा एथलेटिक्समा प्रभालाई रजत

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

Silver to Prabha at World Para Athletics

काठमाडौँ — नेपालकी प्रभा आङदेम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन् ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी– ४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको टिम प्रशिक्षक विमला राना मगरले जनाएकी छन् । यो स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो ।

लङजम्पसहित ३ स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकामा ४ सय मिटर दौडमा उनी चौथो भइन् । प्रभाले २ सय मिटर दौडमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully