काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले फागु पर्व मनाएका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय टिम तयारीले समन्वय गरेको कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलाडी, प्रशिक्षक, सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारी एक आपसमा रंग दलेर फागु पर्वको शुभकामना आदानप्रदान गरेका थिए ।
प्रायः तालिममै व्यस्त रहने खेलाडीलाई विशेष अवसरमा फरक अनुभूति दिलाएर पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रम गरिएको राखेपले जनाएको छ ।
टोकियो एसियाली खेलकुद २०२६ लक्षित गरेर विभिन्न खेलका खेलाडीलाई प्रशिक्षणमा राखिएको छ ।
