डिफेन्डिङ च्याम्पियन रियल क्वाटरफाइनलमा

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

Defending champions Real in the quarterfinals

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ । उसले अन्तिम १६ को खेलमा एटलेटिको म्याड्रिडलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्को चरण प्रवेश गरेको हो ।

त्यस अगाडि कोनेर गालिघरको निर्णायक गोलको मद्दतले दोस्रो लेगको खेलमा एटलेटिको १–० ले विजयी रहेको थियो र त्यससँगै समग्रमा खेल स्थिति २–२ को बराबरीमा पुगेको थियो । अब अन्तिम आठमा रियलको सामना आर्सनलसँग हुनेछ ।

आर्सनलले दोस्रो लेगमा पीएसभी आयनहोभनसँग २–२ को बराबरी खेल्यो र समग्रमा ९–३ ले अगाडि रह्यो । यस्तै एस्टन भिल्लाले क्लब ब्रुगलाई ३–० ले हराएर समग्रमा ६–१ को अग्रता लिन सफल रह्यो ।

बोरुसिया डर्टमुन्डले भने लिललाई २–१ ले हराएर ३–२ ले अगाडि रह्यो । अब अन्य क्वाटरफाइनलमा बायर्न म्युनिकले इन्टर मिलान, बार्सिलोनाले डर्टमुन्ड तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लाको सामना गर्नेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully