काठमाडौँ — दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसीप २०२५ श्रीलंकमा हुने भएको छ । श्रीलंकाले १७ वर्षपछि यो प्रतियोगिताको आयोजना हुन लागेको हो ।
श्रीलंकाली फुटबल संघका अध्यक्ष जसवर उमरले आफ्नो देशले यो प्रतियोगिताको आयोजना गर्ने निश्चित भएको बताएका छन् । काठमाडौंमा भएको दक्षिण एसियाली फुटबल महासंघको बैठकमा श्रीलंकाले प्रतियोगिता आयोजनाको दाबी पेस गरेको थियो र त्यसलाई बाँकी सदस्य देशले समर्थन गरेको थियो ।
अब प्रतियोगिता जुनमा हुनेछ । श्रीलंकाले अन्तिम पटक सन् २०२५ मा यस प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा दक्षिण एसियाका सातै देशको सहभागिता हुनेछ र यसपल्ट ‘होड अर अवे’ को ढाँचामा प्रतियोगिता नभएर एउटै स्थानमा हुन लागेको हो ।
