जेभियरलाई हिसान सेन्ट्रल बास्केटबल उपाधि

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Hisan Central basketball title to Xavier

काठमाडौँ — जेभियर कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

राखेप कभर्डहलमा बुधबार भएको फाइनलमा जेभियरले सीसीआरसीलाई ५६–७४ को स्कोरले हरायो । जेभियरा लक्की महर्जनले सर्वाधिक २३ स्कोर गरे । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएर ३ हजार रुपैयाँ जित्न सफल भए ।

जेभियरले २५ हजार तथा सीसीआरसीले १३ हजार रुपैयाँ पुरस्कार पायो । बुधबारै जेभियरले सेमिफाइनलमा ग्रिनफिल्ड कलेजलाई ७२–५३ ले सीसीआरसीले गोल्डेनगेट कलेजलाई ६०–४५ को स्कोरमा हराएका थिए ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, आयोजक कमिटीका संयोजक नरेन्द्रबहादुर अधिकारीलगायत पुरस्कार वितरण गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully