आरसीटी श्री भगवतीसँग स्तब्ध

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Shocked with RCT Shri Bhagwati

काठमाडौँ — सहिद स्मारक लिग ‘बी’ डिभिजनमा मंगलबार आरसीटीले खराव सुरुआत लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीटी श्री भगवतीको हातबाट ३–१ ले पराजित रह्यो ।

श्री भगवतीले एक गोलले पछाडि रहेको स्थितिबाट १० खेलाडीमा सीमित आरसीटीलाई हराएको हो । आरसीटीले निखिल तामाङको गोल मदतले पहिलो हाफमा अग्रता लिएको थियो ।

त्यसपछि श्री झगवतीका लागि विक्रान्तनरसिंह राना र विशालवित्रम सिलवालले गोल गरे । अर्को एउटा गोल आत्मघाती रह्यो । त्यस अगाडि दिनको पहिलो खेलमा मध्यपुर र टुसालले १–१ को बराबरी खेले ।

पहिलो हाफमा मध्यपुररले सन्तोष गोङबाले गोल गरेका थिए । त्यसपछि टुसालका तर्फबाट विनोद नेम्बाङले बराबरी गोल गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully