पाँचथर — नमोबुद्व फुटबल क्लब सप्तरी फिदिममा भइरहेको पाँचौं पाँचथर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको । फिदिम माविको मैदानमा मंगलबार नमोबुद्धले पुलिस क्लबलाई ३–० गोलले हराएको थियो ।
सप्तरीबाट खेलेका विदेशी खेलाडी एलेक्सले दुई गरे भने अर्को एक गोल दीपेश चाम्लिङ राईले गरे । एलेक्सले खेलको ३९ औं मिनेटमा गोल गर्दै खाता खोले । दोस्रो गोल ६५ औं मिनेटमा दीपेशले थपे । एलेक्सले इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । मध्यान्तरपछि पुलिसले थुप्र्रै अवसर पाए पनि सदुपयोग गर्न सकेन । म्यान अफ द म्याच एलेक्सले ७ हजार ५ सय पाए ।
बुधबार मछिन्द्र एफसी र इन्ट्रा पथरी एफसीबीच सेमिफाइनल हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
