न्युकासलको शीर्ष चारको दाबी

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Newcastle's top four claim

काठमाडौँ — न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामलाई १–० ले हराएको छ र शीर्ष चारमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । खेलको एक मात्र गोल ब्रुनो गुइमारेसको नाममा रह्यो र उनले दोस्रो हाफमा यो गोल गरेका हुन् ।

यो जितपछि न्युकासल ४७ अंकमा छैटौं स्थानमा रह्यो र यो चौथोमा रहेको चेल्सीसँग दुई अंकको मात्र दूरी हो । पाँचौंमा रहेको म्यानचेस्टर सिटी र न्युकासलको समान अंक रहेको छ ।

न्युकासलले यो जितसँगै आइतबार हुने लिगकप फाइनलको तयारी पनि गरेको छ । वेम्बलीमा हुने खेलमा न्युकासलले लिभरपुलको सामना गर्दैछ ।

यसैबीच स्पेनी ला लिगामा सोमबार भएको खेलमा इस्पनयोल र जिरोनाले १–१ को बराबरी खेले । यस्तै इटालीको सिरी ए मा लाजियो र युडिनेजीले पनि १–१ कै बराबरी खेलेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully