नेपाल र भारत एकै समूहमा

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Nepal and India in the same group

काठमाडौँ — यू–१९ साफ च्याम्पिनयसिपको मंगलबार ड्र निकालिएको छ र त्यस अनुसार नेपाल र भारत एकै समूहमा परेका छन् । भारतको उत्तराञ्चलमा हुने प्रतियोगितामा कुल छ टिमको सहभागिता रहनेछ ।

पाकिस्तान प्रतियोगितामा सहभागी रहने छैन् । समूह ‘ए’ मा माल्दिभ्स, भुटान र डिफेन्डिङ च्याम्पियन बंगलादेश परेका छन् । यस्तै समूह ‘बी’ नेपाल र भारतसँगै श्रीलंका परेका छन् ।

प्रतियोगिता मे महिनाको ९ देखि १८ सम्म हुनेछ । दक्षिण एसियाली फुटबल महासंघको काठमाडौंका बसेको बैठकका क्रममा प्रतियोगिताको पनि ड्र निकालिएको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully