काठमाडौँ — हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
त्रिपुरेश्वस्थित राखेप कभर्डहलको पहिलो सेमिफाइनमा ग्रिनफिल्ड कलेजले जेभियर कलेजको सामना गर्नेछ । सीसीआरसीले गोल्डेनगेट कलेजसँग अर्को सेमिफाइनल खेल्ने छ ।
मंगलबार ग्रिनफिल्डले बर्नहार्टलाई ६३–५१ स्कोरले हराएर सेमिफाइनल सुरक्षित गरेको हो । सोनम स्याङ्बो लामाले १७ स्कोर जोडे । जेभियरले हेराल्डलाई ७९–३५ ले हरायो । गोल्डेनगेटले काठमाडौं वर्ल्ड स्कुललाई ६७–४२ ले पराजित गर्दा दिवस भुजेलले १७ स्कोर गरे ।
सीसीआरसीले लालीगुराँस कलेजलाई ७२–४४ स्कोरले हरायो । सुरेश मगरले २० स्कोर गरेका थिए ।
