आर्सनललाई युनाइटेडको बराबरी धक्का

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

United pushed Arsenal to draw

काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरी खेलेको छ र यो उपाधि होडमा लन्डन क्लबका लागि थप धक्का हुनेछ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा डेक्लेन राइसले दोस्रा हाफमा गोल गर्दै आर्सनललाई एक अंक दिलाए ।

यसअघि युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलले अग्रता लिएको थियो । यो नतिजापछि शीर्षमा रहेको लिभरपुल र दोस्रोको आर्सनलबीचको दूरी १५ अंक भएको छ । लिभरपुलले एक खेल बढी खेलेको छ ।

आइतबारकै अर्को प्रमुख खेलमा चेल्सीले लेस्टर सिटीलाई १–० ले हरायो र अंक तालिकाको चौथो स्थानमा प्रवेश गर्‍यो । चेल्सीको ४९ अंक भएको छ । उसको अगाडि नटिङघम फरेस्टको ५१ अंक छ । चेल्सीको जितमा मार्क कुकुरेलाले निर्णायक गोल गरे ।

टोटनहमले भने बर्नमाउथसँग २–२ को रोमाञ्चक बराबरी खेल्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully