सैनामैना गोल्डकपः फाइनलमा कपिलवस्तु-११ र अभिषेक चर्च भिड्ने

फाल्गुन २६, २०८१

सन्जु पौडेल

Sainamaina Gold Cup: Kapilvastu-11 and Abhishek Church will meet in the final

तिलोत्तमा — सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु-११ र अभिषेक चर्च क्लब भिड्ने भएका छन् । सोमबार मुर्गिया रंगशालामा भएको दोस्रो सेमिफाइनलमा महाबीर क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै कपिलवस्तु-११ फाइनलमा प्रवेश गरेको हो ।

पहिलो र दोस्रो हाफ बराबरी खेलेका दुवै टिम अन्ततः पेनाल्टी सुटआउटमा पुगेका हुन् । पेनाल्टीमा महावीरका अरुन चौधरीले प्रहार गरेको पेनाल्टी पोस्टबाट बाहिरिएपछि कपिलवस्तु-११ लाई फाइनल पुग्ने बाटो खुलेको हो । कपिलवस्तु-११ का निमबहादुर मिदुङ 'म्यान अफ द म्याच' भए ।

यसअघि आइतबार भएको खेलमा अभिषेक चर्चले मुर्गिया क्लबलाई हराएको थियो । गोल्डकपको फाइनल प्रतिस्पर्धा बुधबार हुनेछ ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले ७ लाख  रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने दोस्रोले ४ लाख प्राप्त गर्नेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully