एटलेटिकोको हार रियललाई फाइदा

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Atletico's loss benefits Real

काठमाडौँ — केयलिन एमबापे र भिनिसियस जुनियरको गोलको मद्दतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार रायो भाल्कानोलाई २–१ ले पराजित गरेको छ र लिग तालिकामा बार्सिलोनासँग अंक बराबरी गरेको छ ।

रियल एटलेटिको म्याड्रिडको तुलनामा एक अंकले अगाडि छ । यसअघि एटलेटिको गेटाफेसँग २–१ ले पराजित भएको थियो । यो नतिजाले रियलसँगै बर्सिलोनालाई फाइदा पुगेको हो । बार्सिलोना र ओसासुनाबीचको खेल भने अघिल्लो दिन स्थगित गरिएको थियो ।

चौथो स्थानमा रहेका एथलेटिको बिलबाओले अर्को खेलमा रियल मार्लोकासँग १–१ को बराबरी खेल्यो । बिलबाओ एटलेटिकोभन्दा सात अंकले पछाडि छ । 

कान्तिपुर

Link copied successfully