भारतलाई न्युजिल्यान्डको २ सय ५२ रनको चुनौती

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

New Zealand's challenge of 252 runs to India

काठमाडौँ — न्युजिल्यान्डले च्याम्पियन्स ट्रफिको फाइनलमा आइतबार २ सय ५२ रनको चुनौती पेस गरेको छ । दुबईमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले सम्मानजनक स्कोर खडा गरेको हो ।

उसले ५० ओभर उपयोग गर्दै ७ विकेटमा २ सय ५१ रन बनायो । न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले सर्वाधिक ६३ रन बनाए ।

यसका लागि उनले १ सय १ बलको उपयोग गरे र तीन चौका प्रहार गरे । उनी मोहम्मद सामीको बलमा भारतीय कप्तान रोहित शर्माद्वारा समातिए । विङ योङ र रचिन रवीन्द्रले पहिलो विकेटका लागि ५७ रनको सुरुआत दिएका थिए । त्यसमध्ये रचिनले ३७ रन बनाए । योङले १५ रन थपे । यस्तै ग्लेन फिलिप्सले वरुण चक्रवर्तीको बलमा बोल्ड हुन अगाडि ३४ रन बनाए ।

New Zealand's challenge of 252 runs to Indiaनटआउट ब्याटरमध्ये माइकल ब्रेसवेलले ५३ रन बनाए । उनले ४० ओभरमा ३ चौका र २ छक्का प्रहार गरे । भारतका लागि वरुण र कुलदीप यादवले समान दुई/दुई विकेट लिए । वरुणले ४५ रन खर्चे भने कुलदीपले कसिलो बलिङ गर्दै ४० रन मात्रै दिए । सामीसँगै रवीन्द्र जडेजाको नाममा एक/एक विकेट रह्यो । 

कान्तिपुर

Link copied successfully