मोन्जामाथि इन्टरको कठिन जित

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Inter's tough win over Monza

काठमाडौँ — इन्टर मिलानले इटालीको सिरी ए मा मोन्जालाई ३–२ ले हराउन शनिबार संघर्ष गर्नु परेको छ । मोन्जाले अप्रत्यासित रूपमा दुई गोलको अग्रता लिएपछि इन्टर खेलमा फर्केको हो ।

यो जितपछि इन्टरले लिग तालिकाको शीर्षमा चार अंकको अग्रता भने लिएको छ । उसको २८ खेलबाट ६१ अंक भएको छ । सानसिरोमा भएको खेलमा मोन्जाका लागि सुरुमै स्यामुएल ब्रिन्डेली र केइटा बाल्डेले गोल गरे ।

त्यसपछि इन्टरका तर्फबाट मार्के आरनोटोभिच, हाकन चाहनग्लु र गिरगोस क्रिकापोलुसले गोल गरे । मोन्जा भने १४ अंकमा अन्तिम स्थानमा छ । एसी मिलानले पनि अर्को खेलमा लेचेमाथि ३–२ कै जित रचेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully