इण्डो–नेपाल टी–२० क्रिकेटमा बौद्धमोड विजयी

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Buddhmode wins in Indo-Nepal T-20 cricket

झापा — बाहुनडाँगी युवा क्लबको आयोजनामा स्थानीय सरस्वती माविको खेलमैदानमा जारी इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगितामा आइतबार बौद्धमोड क्रिकेट क्लब विजयी भएको छ ।

बौद्धमोडले भारतको ताराबारी बोर्डर क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको ताराबारीले १६ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रनको योगफल बनायो । ताराबारीका लागि मासुम एमडीले सर्वाधिक २४ रन बनाए । रुपम एमडीले १९ तथा सेहिल एमडीले १८ रनको योगदान दिए । 

बलिङतर्फ बौद्धमोडका अमन विश्वकर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । रमजन राई र भोला रोयले समान २/२ विकेट लिए भने प्रवेश अधिकारी र गगन सोहनीले समान १/१ विकेट लिए ।

१ सय २ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बौद्धमोडले १५ दशमवल ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बौद्धमोडका लागि सागर रिजालले सर्वाधिक ३२ रन बनाए । भोला रोयले २७ तथा सागर रिजालले २१ रनको योगदान दिए । 

बलिङतर्फ ताराबारीका राजु सन्थालले २ विकेट तथा गान्धीले १ विकेट लिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बौद्धमोडका अमन विश्वकर्मा ‘म्यान अफ द म्याच’ भए ।

कान्तिपुर संवाददाता

Link copied successfully