सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्चको फाइनल यात्रा तय

फाल्गुन २५, २०८१

सन्जु पौडेल

Sunagava Sainamaina Gold Cup: Final trip to Abhishek Church set

तिलोत्तमा — रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप प्रतियोगितामा सेमिफाइनलका खेल सुरु भएका छन् ।

आइतबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २–० गोलले हराउँदै अभिषेक चर्च क्लब नवलपुर फाइनलमा प्रवेश गरेको छ । उसको जितमा मार्टिनेस एक्लैले २ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएपछि दोस्रो हाफमा अभिषेक चर्च क्लबले नतिजा निकालेको हो । खेलको म्यान अफ द म्याच बनेका मार्टिनेसले ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सोमबार हुने दोस्रो सेमिफाइनल महावीर क्लब काठमाडौं र कपिलवस्तु ११ बीच हुने संयोजक अशोक खड्काले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । खेल फागुन २८ गतेसम्म चल्नेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully