उमा कुङ्फुको राष्ट्रिय रेफ्री सेमिनार

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Uma Kung Fu's National Referee Seminar

काठमाडौँ — नेपाल उमा कुङ्फु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार राजधानीमा सकिएको छ । संघको आयोजनामा चैत २ मा सातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता हुनेछ । त्यसका लागि रेफ्री सेमिनार सञ्चालन गरिएको संघले जनाएको छ ।

एकदिने सेमिनारमा १५ रेफ्री सहभागी थिए । उनीहरूलाई अन्तर्राष्ट्रिय निर्णायकत्रय आयोजक संघका अध्यक्ष सन्जीतकुमार राई, उपाध्यक्ष भूपेन्द्र गुरुङ र महासचिव कमल मगरले व्यवहारिक र सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिएका थिए ।

सेमिनारमा रिङ रेफ्री र साइड रेफ्रीको भूमिका, ड्रेस कोड, परिवर्तित नयाा नियमलगायतबारे जानकारी गराइएको थियो । सो अवसरमा सहभागीलाई निष्पक्षता र अनुशासनमा विशेष ध्यान दिन सुझाइएको थियो ।

सहभागीलाई अध्यक्ष राईसहित संघका पदाधिकारीले शनिबारै प्रमाणपत्र प्रदान गरे ।

कान्तिपुर

Link copied successfully