कपिलवस्तु-११ सेमिफाइनलमा

फाल्गुन २४, २०८१

सन्जु पौडेल

Kapilvastu-11 in the semi-finals

तिलोत्तमा — कपिलवस्तु-११ सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा उसले फर्साटिकर युथ क्लबलाई ३-० गोलले पराजित गर्दै जित निकालेको हो ।

पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफमा कपिलवस्तुका तर्फबाट  खेलेका विदेशी खेलाडी मोहम्मद इन्द्रेसले २ गोल गरे । त्यस्तै विज्ञान गुरुङले १ गोल थपे ।

फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबारदेखि सेमिफाइनलका खेल हुनेछन् ।

सेमिफाइनलको पहिलो खेल आयोजक मुर्गिया फुटबल क्लब र अभिषेक चर्च नवलपुरबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully