बागलुङ — बागलुङमा जारी तेस्रो जेसीज कप फुटबलमा साविक विजेता बागलुङ सुधार केन्द्र र ग्रेस गुराँस गुठी युनाइटेड फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार भएको सेमिफाइनल खेलमा बलेवा एफसीलाई पराजित गर्दै ग्रेस गुठी युनाइटेड र पर्पल हेज एभिएमलाई ट्राइबेकरमा हराएर साविक विजेता बागलुङ सुधार केन्द्र फाइनल प्रवेश गरेको हो ।
फाइनल प्रवेशका लागि गुराँसले बलेवा एफसीलाई ३–० गोलले पराजित गरेको हो भने सुधार केन्द्रले ट्राइबेरमा ३ का विरुद्ध ४ गोलले जित निकालेको थियो ।
शनिबार दिउँसो फाइनल खेल हुने आयोजक बागलुङ जेसीजका अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठले जानकारी दिए । खेलमा प्रथम हुनेले २ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीय हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको हो ।
