टोटनहम पराजित, युनाइटेडको बराबरी

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Tottenham defeated, United draw

काठमाडौँ — युरोपा लिग अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिस प्रिमियर लिग क्लबले खराब नतिजा बेहोरेका छन् । टोटनहम एजेड आख्मारको हातबाट १–० ले पराजित रह्यो । त्यसमा लुकास बोरगभालीको आत्मघाती गोल निर्णायक रह्यो ।

म्यानचेस्टर युनाइटेड भने रियल सोसिडाडसँग १–१ को बराबरीमा रोकियो । अन्य खेलमा लियानेले एफसीएसबीालई ३–१, रेन्जर्सले फेनाबाचेलाई ३–१ र एएस रोमाले एथलेटिको बिलबाआोलई २–१ ले हरायो ।

यस्तै, इन्ट्राख्ट फ्रायन्कफर्टले अजाक्सलाई २–१, बोडोले ओलम्पियाकोजलाई ३–० र लाजियोले भिक्टोरिया प्लाजेनलाई २–१ ले पराजित गर्‍यो । कन्फ्रेन्स लिगको अन्तिम १६ को पहिलो लेगमा चेल्सीले एफसी कोपनहेगनमाथि २–१ को जित रच्यो । 

कान्तिपुर

Link copied successfully