निस्ट कपको सेमिफाइनल समीकरण

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

NIST Cup semi-final tie

काठमाडौँ — तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको तीनै विधामा सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर गर्ल्समा सेमिफाइनल समीकरण तयार भएको हो ।

सिनियर ब्वाइज सेमिफाइनलमा राजश्री गुरुकुल र बौद्ध स्कुल तथा टीआईए र निस्टबीच प्रतिस्पर्धा हुनेछ । गर्ल्स सेमिफाइनलमा दीक्षालयले चेल्सी वर्ल्ड तथा त्रियोगले निस्टविरुद्ध खेल्नेछन् । जुनियर गर्ल्सतर्फ सेमिफाइनलमा जनप्रेमी वर्ल्डले आर्या एकेडेमी र निस्टले चेल्सीको सामना गर्नेछन् ।

कान्तिपुर

Link copied successfully