ताप्लेजुङ — माछापोखरी हिटी गोल्डकप फाल्गुन २५ देखि हुने भएको छ । आयोजक माछापोखरी हिटी क्लब चाँगेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ५ दिनसम्म चल्ने हुने प्रतियोगीतामा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
उद्घाटन खेल माछापोखरी हिटी क्लब र मरिक फुटबल क्लब धरानबीच हुनेछ । २६ गते लालीमा क्बल ताप्लेजुङ र जिल्ला फुटबल संघ संखुवासभाबीच हुनेछ । २७ गते भने सम्दु एफसी तेह्रथुम र वाईवाई पाँचथर तथा डाँडाबजार फुटबल क्बल धनकुटा र न्यू स्टार क्लब झापाबीच हुने आयोजकले जनाएका छन्।
फाइनल खेल फागुन २९ गते हुने छ । हरेक दिन दिउँसो २ बजेदेखि आठराई त्रिवेणी गाउँपालिका-५ चाँगेको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने क्लवका अध्यक्ष दिल कुमार लिम्बु (दिलिप) ले जानकारी दिए । विजेताले ३ लाख र उपविजेताले १ लाख ६० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
