मुख्यमन्त्री कोहलपुर गोल्डकप : रेसिङ साहारा र राइजिङ स्टार फाइनलमा

फाल्गुन २२, २०८१

रुपा गहतराज

Chief Minister Kohlpur Gold Cup: Racing Sahara and Rising Star in the final

नेपालगञ्ज — मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनलमा  रेसिङ साहारा र राइजिङ स्टार भिड्ने भएका छन् ।बिहीबार काँक्रेविहार फुटबल क्लब सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै  राइजिङ स्टार फुटबल क्लब, नवलपरासी फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइन खेलको पहिलो हाफको १९औं मिनेटमा राइजिङका फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८औँ मिनेटमा काँक्रेविहारका धनसिंह विकले बराबरी गोल फर्काए । 

निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा  काँक्रेविहारलाई ५–४ ले पराजित गर्दै राइजिङ फाइनल प्रवेश गरेको हो । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ । खेलको म्यान द म्याच राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी भए । प्रतियोगिताको फाइनल फागुन २४ मा हुनेछ ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुनेले आठ लाख रुपैयाँ र द्वितीयले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully