घोराही — दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल्ने टुंगो लागेको छ ।
बिहीबार लिग चरण सकिएसँगै रोयल सिस्ने स्पोर्ट्स क्लब अपराजित रहँदै समूह ‘ए’ को विजेता र वली वशावली समाज (चित्रालेखी) समूह ‘बी’ विजेता भएर अन्तिम चारमा पुग्यो । समूह ‘ए’ को उपविजेता न्यू होराइजन स्पोर्ट्स क्लब र समूह ‘ए’ उपविजेता मणिमुकुन्द भलिबल क्लब पनि सेमिफाइनलमा पुग्यो ।
अब शुक्रबार सेमिफाइनलमा रोयल सिस्ने र न्यु होराइजन तथा वली बंशावली समाज र मणिमुकुन्दबीच प्रतिस्पर्धा हुने आयोजक खुमबहादुर खड्का समाज विकास समिति दाङले जनाएको छ ।
बिहीबार मणिमुकुन्दले रोयल मुर्कुटी क्लबलाई २५–१४, २५–१० ले र वली बंशावलीले न्यु होराइजन स्पोर्ट्स क्लबलाई २५–१७, २५–१७ को सोझो सेटमा हराए ।
रोयल सिस्नेले रोयल मुर्कुटीलाई २५–१५, २५–१९ ले र वली बंशावलीले गोरखा मोडेल स्कुललाई २७–२५ र २५–१८ को सोझो सेटमा हराए ।
